
३० वैशाख, इलाम । इलामका १० वटै पालिकामा मतपेटिका मतगणनास्थलमा आइपुगेपछि मतगणना सुरु गर्ने बारेमा सर्वदलीय बैठक सुरु भएको छ ।
इलाम नगरपालिका, सूर्योदय नगरपालिका, माई नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा सर्वदलीय बैठक सुरु भएको छ ।
बैठक लगत्तै मतगणना सुरु गरिने छ । इलाममा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको छ । जिल्लामा ६९ प्रतिशत मतदान भएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट प्राप्त जानकारी अनुसार इलाममा १ लाख ५४ हजार ९ सय ५५ जनाले मतदान गरेका छन् । जसमा पुरुष ७९ हजार ८ सय ४ र महिला ७५ हजार १ सय ५१ जना रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4