
३१ वैशाख, मनाङ । मनाङको चामे गाउँपालिकाबाट नेकपा एमालेले स्थानीय निर्वाचन २०७९मा जितको खाता खोलेको छ । चामे गाउँपालिकाको अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घलेले जित हात परेका छन् ।
उनी ३२० महितसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए ।
घले यसअघि पनि चामे गाउँपालिकामा अध्यक्ष थिए । उनले २०७४ सालकाे निर्वाचनमा २१४ मत ल्याएर जित हात पारेका थिए ।
चामे गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा ३२५ मत ल्याएर विजयी भएकी छिन् । एमालेकी आशाकुमारी गुरूङले २७४ मत मात्रै पाइन् ।
चामेको वडा नम्बर १को अध्यक्षमा एमालेका र २ नम्बरमा कांग्रेसका वडाध्यक्षा निर्विरोध निर्वाचित भएका थिए । वडा ३ र ४ मा पनि नेपाली कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । वडा नम्बर ५मा वडा अध्यक्षमा दुबै दलका उम्मेदवारले ३०-३० मत पाएका छन् ।
प्रतिक्रिया 4