
३१ वैशाख, बैतडी । बैतडीको सुर्नया गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै छ । ४७० मत गणना भइसक्दा गजेन्द्रबहादुर चन्दले २९८ मत प्राप्त गरेका छन् ।
एमालेका अम्मर कुवँरले ६८ मत प्राप्त गरेका छन् । नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरेन्द्र विष्टले ३१ मत पाएका छन् ।
यसैगरी नेपाली कांग्रेसका उपाध्यक्ष उम्मेदवार मञ्जु बोहराले १५७ मत प्राप्त गरेकी छन् । राप्रपाका देव बहादुर चन्दले ९७ र माओवादी केन्द्रका दिलाराम भट्टले ७५ मत प्राप्त गरेका छन् ।
सुर्नयाको वडा नं. १ मा नेकपा एमाले विजयी भइसकेको छ ।
यसैगरी बैतडीको पुर्चाैडी नगरपालिकामा पनि नेपाली कांग्रेसले अग्रता लिएको छ । ५ सय मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार दीपक बहादुर बमले १८७ मत प्राप्त गरेका छन् । त्यसैगरी माओवादी केन्द्रका विक्रम कुँवरले १४४ र नेकपा एमालेका उम्मेदवार कर्ण कुवँरले १२७ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका मिना धानुकले १८० मत, एमालेकी जानकी सावँदले १४३ र माओवादी केन्द्रकी उम्मेदवार नन्दा कुमारी साहले १३३ मत प्राप्त गरेकी छिन् ।
प्रतिक्रिया 4