
३१ वैशाख, पाल्पा । पाल्पाका पूर्वखोला, माथागढी र रम्भा गाउँपालिकामा शनिबार बिहानैदेखि मतगणना कार्य सुरू भएको छ । जिल्लाका यस्तै अन्य पालिकाहरूमा पनि मत गणनाको तयारी भइरहेको मतदान अधिकृतको कार्यालयले जनाएका छन् ।
पाल्पाको १ सय १८ मतदान स्थलका २ सय ४७ मतदान केन्द्रबाट शुक्रबार स्थानीय तह निर्वाचन भएको थियो । पाल्पामा ६९.०२ प्रतिशत मत खसेको छ ।
मुख्य निर्वाचन कार्यालय तानसेनले दिएको जानकारी अनुसार एक लाख ९९ हजार ६९० मतदाता रहेको पाल्पामा एक लाख ३७ हजार ८३१ जनाले मतदान गरेका हन् ।
सबैभन्दा धेरै रामपुर नगरपालिकामा ७३ दशमलव ५७ प्रतिशत मत खसेको छ भने सबैभन्दा कम पूर्वखोला गाउँपालिकामा ६४ दशमलव ६८ प्रतिशत मत खसेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4