
३१ वैशाख, काठमाडौं । गोरखाको पालुङटार नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीले अग्रता लिएको छ ।
कुल ७०० मत गणना हुँदा जसपाका मेयरका उम्मेदवार प्रेम गुरुङले २५५ मत पाएका छन् । दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार दीपकबाबु कँडेलले १९१, नेकपा माओवादी केन्द्रका उम्मेदवार विवश चिन्तनले १६४ मत पाएका छन् । मेयरमा एमालेका उम्मेदवार हरि भट्टले ४४ मत पाएका छन् । पालुङटारमा जसपाले नेकपा एमालेसँग तालमेल गरेको छ ।
उपमेयरमा नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठले १८८ मत पाएकी छन् भने माओवादी केन्द्रकी उपमेयर उम्मेदवार बन्दना पाण्डेले १६९ र एमाले उम्मेदवार पार्वती पाठकले ५२ मत पाएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4