
३१ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा मतगणनाका लागि सर्वदलीय बैठक केहीबेरमा बस्ने भएको छ । सर्वदलीय बैठकका लागि राजनीतिक दलका प्रतिनिधिहरु आउने क्रम जारी रहेको सहायक निर्वाचन अधिकृत जयप्रसाद काफ्लेले जानकारी दिए ।
‘सर्वदलीय बैठक बोलाएका छौं, दलका प्रतिनीधिहरु आउँदै हुनुहुन्छ,’ उनले भने, ‘बैठकपछि मतगणना सुरु गर्छौ ।’
वीरगञ्ज महानगरपालिकामा ९३ हजार ७ सयि ८२ मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ३२ वटै वडामा गरी ९३ हजार ७ सय ८२ मत खसेको जानकारी दिएको हो । यो जम्मा मतदाताको ७५.२४ प्रतिशत हो ।
पर्सा जिल्लामै सबैभन्दा बढी मतदाता वीरगञ्ज महानगरपालिकामा छ । महानगरमा १ लाख २४ हजार ६ सय ४७ रहेका थिए । महानगरमा ५५ वटा मतदान स्थलमा १ सय ४३ वटा मतदान केन्द्र कायम गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4