
प्रकाश विष्ट
३१ वैशाख, दाङ । दाङको राप्ती गाउँपालिको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रकाश विष्टले सुरुवाती अग्रता लिएका छन् । ७ सय १४ मत गन्दा ३८५ मत ल्याएर विष्टले अग्रता लिएका हुन् । यो वडानम्बर ९ को मत परिणाम हो।
नेपाली कांग्रेसका उम्मेदवार जगदम्बाकुमारी चौधरीले १९८ र नेकपा एमालेका जगतप्रसाद पोखरेलले ७६ मत प्राप्त गरेका छन् । यो पालिकामा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको छ।
वडा नम्बर ९ को अध्यक्षमा यसअघि नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर विजयी भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4