
३१ वैशाख, चितवन । चितवनको माडी नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । माडी नगरपालिका वडा नं. १ को ६०० मत गणना गर्दा एमालेकी मेयर उम्मेदवार ताराकुमारी काजी महतोले २७१ मतसहित अग्रता लिएकी हुन् ।
नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार ऋषिराम काफ्लेले २४१ मत ल्याएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेम महतोले २३१ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार कृष्ण पौडेलले १८४ मत ल्याए भने राप्रपा उम्मेदवार मदन पौडेलले ७१ मत ल्याएका छन् ।
वडा नं. १ मा ३११२ मत खसेको छ । माडीमा ९ वटा वडा छन् । अघिल्लो चुनावमा माडी १ बाट कांग्रेसका कृष्ण पौडेल विजयी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4