
३१ वैशाख, चितवन । चितवनको कालिका नगरपालिका वडा नं. १ को मतगणना हुँदा मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेस उम्मेदवार शिवराम केसीले १२१ र नेकपा एमालेका विनोद रेग्मीले ११९ मत पाएका छन् ।
उपमेयरमा एमालेकी विमला लामाले ११९ र नेकपा माओवादी केन्द्रकी सविता लामाले ११४ मत पाएकी छन् । वडा नं १ को वडाअध्यक्षमा नेपाली काङ्ग्रेसका सन्तबीर स्याङ्तानले १३७ र एमालेका बुद्धि बोम्जनले १२४ मत प्राप्त गरेका छन् ।
यस वडामा १९५१ मतदाता रहेका छन् । वडा नं. १ मा यसअघि कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4