
फाइल तस्वीर
३१ वैशाख, धनगढी । धनगढी उपमहानगरपालिकामा फर्जी मत हालिएको भन्दै भएको विवाद मिलेको छ । विवाद मिलेसँगै बिहान ११ बजेदेखि मतगणना गर्ने सहमति जुटेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेमदत्त भट्टले सर्वदलीय बैठकमा ११ बजेदेखि मतगणना गर्ने सहमति भएको जानकारी दिए । उनका अनुसार धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवनमा मतगणना हुनेछ ।
यो सँगै धनगढी–३ र ६ मा फर्जी मतदान गरिएको भन्दै भएको विवाद पनि समाधान भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार त्यस्ता मतलाई बदरमा गणना गर्ने गरी दलहरुबीच सहमति भएको हो ।
यसअघि नेकपा एमालेले सर्वदलीय बैठकमा ३ र ६ नम्बर वडामा फर्जी मत हालेर धाँधली गरिएको भन्दै पुनः मतदानको माग गरेपछि मतगणनाबारे सहमति जुट्न सकेको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4