
३१ वैशाख, बनेपा । धुलिखेल नगरपालिकाको वडा नम्बर १ को वडाअध्यक्षमा नेपाली कांग्रेसका सन्तबहादुर लामा ५७३ मतसहित निर्वाचित भएका छन् ।
वडा नम्बर १ को सबै १२८४ मत गणना हुँदा कांग्रेस उम्मेदवार १०६ मतान्तरले निर्वाचित भएका हुन् । एमाले उम्मेदवारले ४६७ मत पाए ।
मेयरमा स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले अग्रता कायम राखेका छन् । वडा नम्बर १ को मत गणना सकिँदा बस्नेतले ५७२ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार अशोककुमार ब्याञ्जुले ४६७ मत पाएका छन् ।
उपमेयरमा कांग्रेस उम्मेदवारले ५८७ र एमाले उम्मेदवारले ४८२ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4