
३१ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकाको मतगणना सुरु भएको छ ।
शुक्रबार राति बसेकाे सर्वदलीय बैठकले शनिबार बिहान ८ बजेबाट मतगणना सुरू गर्ने निर्णय गरेकाे थियाे । तर पानी परेका कारण दुई घण्टा ढिलो १० बजेबाट सुरु भएको हो ।
महानगरको वडा नम्बर १, २, १६, १७, १८ र १९ को मतगणना सुरु भएको हो । विराटनगरमा एक लाख ३३ हजार एक सय ४२ मतदाता छन् । निर्वाचनमा ८९ हजार ८ सय ९६ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4