
३१ वैशाख, डोटी । राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितिविनै मतपेटिका खोलेको भन्दै विवाद भएपछि डोटीको दिपायल सिलगढी नगरपालिकाको मतगणना रोकिएको छ ।
एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको विरोधपछि मतगणना कार्य रोकिएको हो ।
बिहान ७ बजे सर्बदलीय बैठक बोलाइएकोमा एमालेका प्रतिनिधि आउन ढिला भएको थियो । अन्य दलका प्रतिनिधिहरुले एमालेका प्रतिनिधि आउनु दिनु पर्ने भन्दा पनि मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश बिदुर काफ्लेले हतार गरेको दलहरुको आरोप छ । मतपेटिका खोल्नुपूर्व मतगणना आचारसंहिता समेत नबनाएको दलहरुको आरोप छ ।
मतगणनाको क्रममा केही बिवाद भएको र दलका प्रतिनिधिहरुसँग बसेर मिलाउने प्रयास भइरहेको मुख्य निर्वाचन अधिकृत काफ्लेले बताए ।
गणनाका लागि वडा नं १ को मतपेटिका खोलिएको थियो । उक्त वडाको तिखा मतदान केन्द्रमा धाँधली भएको कांग्रेसइतर दलहरुको आरोप छ ।
प्रतिक्रिया 4