
३१ वैशाख, काठमाडौं । ललितपुरको महांकाल गाउँपालिकाको मतगणना स्थगित भएको छ ।
वडा नम्बर ६ को मतगणना हुँदै गर्दा १५ वटा मतमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि गणना रोकिएको छ ।
चार सय मत गणना सकिएपछि अर्को बण्डल खोल्ने क्रममा १५ मतपत्रका निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मत भेटिएको थियो । महाकांल माध्यमिक विद्यालय केन्द्रमा खसेको मतमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको भेटिएको हो ।
हस्ताक्षर नभएको मतपत्र भेटिएपछि दलका कार्यकर्ता नाराबाजीमा उत्रेका छन् । हस्ताक्षर नगरेका मतपत्र भेटिएपनि कुल खसेको मतपत्रमा भने फरक देखिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4