
३१ वैशाख, काठमाडौं । जुम्लाको एकमात्र नगरपालिका चन्दननाथमा स्वतन्त्र उम्मेदवारले सुरुआती अग्रता लिएका छन् ।
स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले ४५१ मत गणना हुँदा १८३ मतका साथ अग्रता लिएका हुन् ।
मेयरमा माओवादीका जीवन बुढ्थापाले ८९ र कांग्रेसका पदमबहादुर शाहीले ८३ मत पाएका छन् ।
उपमेयरमा भने नेपाली कांग्रेसकी रामदेवी खड्काले १५६ मत प्राप्त गर्दै अग्रता कायम गरेकी छन् । माओवादीकी पूर्णिमा विकले १०५ मत पाएको मुख्य निर्वाचन अधिकृत जवाहरप्रसाद सिंहले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4