
भरतपुर महानगरपालिकाका मेयर उम्मेदवार र तिनका प्रतिनिधिहरु अघिल्लो लहरमा ।
३१ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिकामा तोकिएको समयभन्दा झण्डै २ घण्टा ढिला गरी मतगणना सुरु गर्न लागिएको छ ।
निर्वाचन आयोगले मतगणना गर्ने कर्मचारी तथा दलहरुले गणना हेर्ने प्रतिनिधिको व्यवस्थापनमा ढिलाइ गर्दा गणना दुई घण्टाभन्दा बढी ढिला भैसकेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ९ बजेबाट गणना गर्ने भनेर सूचना निकालेको थियो । शुक्रबार बसेको सर्वदलीय बैठकले बिहान ८ बजेबाट गणना गर्ने निर्णय गरेपनि गणनामा ढिलाइ भएको छ ।
वडा नं. १ बाट मतगणना सुरु गर्ने तयारी छ । अहिले एउटा मात्रै वडाको मत गनेर जाने सहमति छ । पछि बढाएर विभिन्न ठाउँबाट गणना गर्ने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4