
३१ वैशाख, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेले झिनो मतले अग्रता कायमै राखेको छ ।
वडा नम्बर १ को ५०० मत गणना हुँदा नेकपा एमालेका चित्रबहादुर कार्कीले २१९ मत र विना मगरले २३३ मत पाएका छन् । कांग्रेस-माओवादी केन्द्र गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका फणिन्द्र शर्माले २१६ र माओवादीका मानबहादुर महतले २२४ मत पाएका छन् ।
कार्की निवर्तमान मेयर हुन् भने शर्मा २०७४ को चुनावमा पनि कार्कीका प्रतिस्पर्धी थिए । यो वडामा राप्रपाले ६ र नेकपा एकीकृत समाजवादीले २ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4