
३० वैशाख, राजविराज । सप्तरीका १८ वटा पालिकामध्ये ७ वटामा मतगणना सुरु भएको छ । तीन नगरपालिका र चार गाउँपालिकामा मतगणना सुरु भएको हो ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार सप्तकोशी नगरपालिका, सुरुङ्गा नगरपालिका र कञ्चनरुप नगरपालिकामा मतगणना सुरु भएको छ ।
यस्तै अग्निसाइर कृष्णासावरण गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, महदेवा गाउँपालिका र विष्णुपुर गाउँपालिकामा मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिए ।
जोशीका अनुसार केही पालिकामा सर्वदलीय बैठक जारी रहेको र केहीमा सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ ।
डाक्नेश्वरी नगरपालिका र रुपनी गाउँपालिकामा एक/एक बुथको मतदान स्थगित भएकोले पुनः मतदान पछि मात्रै गणना हुने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4