
३१ वैशाख, प्युठान । प्युठान नगरपालिका वडा नम्बर १ मा गठबन्धनका सबै उम्मेदवारले जित हासिल गरेका छन् ।
गठबन्धनको तर्फबाट वडा अध्यक्षका उम्मेदवार कांग्रेसकी साधना राउत सहितको प्यानल विजयी भएको हो ।
शुक्रबार सम्पन्न स्थानीय निर्वाचनको शनिबार सकिएको मतगणनाअनुसार ९५३ मत ल्याएर राउत वडाअध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका गोविन्द बस्नेत (गोपाल)ले ७ सय ११ मत पाए ।
महिला सदस्य, दलित महिला सदस्य तथा खुला सदस्यमा समेत गठबन्धनका उम्मेदवार विजयी भए ।
प्राप्त विवरण अनुसार नगरपालिका मेयर र उपमेयरमा समेत गठबन्धनको अग्रता छ । यो नगरपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसको चुनावी तालमेल छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4