
३१ वैशाख, वीरगञ्ज । स्थानीय तहको निर्वाचन अन्तर्गत पर्सामा नेपाली कांग्रेसले पहिलो जित निकालेको छ । धोबिनी गाँउपालिकाको-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बन्धु साह तेली ५ सय ७४ मत ल्याएर विजयी भएका हुन् ।
निर्वाचन अधिकृत कैलाश दाहालका अनुसार जनता समाजवादी पार्टी (जसपा) का ललन राउत कुर्मीले ४ सय ७७ मत ल्याएर दोस्रो भए ।
एक खुल्ला सदस्यबाहेक वडा सदस्यमा सबै कांग्रेसका उम्मेदवार विजयो भएका छन् । महिला वडा सदस्यमा शोभावती देवी (४८७), दलित महिला सदस्यमा शारदा देवी पासवान (४८९), खुल्ला सदस्यमा शिवकुमारी देवी कुर्मी (४८४) विजयी भएका छन् ।
एक खुल्ला सदस्यमा भने जसपाका विरेन्द्र राउत कुर्मी (४८५) निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4