+
+

मकवानपुर गढी गाउँपालिकामा मतगणना स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १३:४९

३१ वैशाख, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा विवाद भएपछि तत्कालका लागि मतगणना स्थगित भएको छ ।

सर्वदलीय बैठकको क्रममा मतगणना सुरु हुनु अघि गाउँपालिकाका कर्मचारी जिन्सी शाखा प्रमुख युवराज पौडेललाई मतगणनामा सहभागी नगराइने सहमति भएपनि उनलाई मतगणनाको क्रममा चेकजाँच नगरी भित्र पठाएको भन्दै बिरोध भएपछि विवाद भएको हो ।

अहिले मत गणना रोकिएको छ । अहिलेसम्म गाउँपालिकाका वडा नम्बर १ र ८ को मतगणनामा गठबन्धनका उम्मेदवार अगाडि देखिएको छ । गठबन्धनलाई एमालेले पछ्याउँदै आएको छ ।

१ नम्बरको १०० र वडा नम्बर आठको २०० मत गणना हुँदा गाउँपालिका अध्यक्षको गठबन्धनबाट नेपाली कांग्रेसका दोर्जे लामा स्याङतानले १ सय ७४ मत प्राप्त गरेका छन् । एमालेका विदुर हुमागाईंले ९० मत प्राप्त गरेका छन् ।

गाउँपालिका उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रकी मानकुमारी पाख्रिन नेपालीले १ सय ५१ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याउँदै एमालेकी सन्तु थिङले ८९ मत प्राप्त गरेकी छन् । दुवै वडाहरुमा पनि कांग्रेसका उम्मेदवार अगाडि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?