
३१ वैशाख, रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्र र कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
केहीबेर अगाडिसम्म माओवादी केन्द्रले अग्रता लिएकोमा अहिले फेरि कांग्रेस अगाडि देखिएको छ ।
वडा नम्बर १ को ४०२ मत गणना हुँदा कांग्रेस–एमाले गठबन्धनबाट मेयरको उम्मेदवार बनेका कांग्रेसका प्रेमबहादुर वलीले २१३ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा माओवादी केन्द्रका पुष्प वादीले १७२ मत पाएका छन् ।
उपप्रमुखका उम्मेदवार बनेका नेकपा एमालेका टंकप्रसाद वलीले १८२ मत पाउँदा माओवादी केन्द्रकी इश्वरी कुमारी शर्मा (विएम)ले १७९ मत पाएकी छन् ।
चौरजहारी नगरपालिकामा १४ वटा वडाहरु छन् । वडा नम्बर १ मा १ हजार ४४३ मत खसेको थियो ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा चौरजहारीको वडा नम्बर १ मा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । अहिलेको निर्वाचनमा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवारले अग्रता लिएका छन् । माओवादीले १९५ मत पाउँदा कांग्रेसका उम्मेदवारले १८३ मत पाएका छन् ।
प्रतिक्रिया 4