
३१ वैशाख, पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिकामा १ हजार ७ सय मत गणना हुँदा कांग्रेस नेतृत्वमाको गठबन्धनले अग्रता लिएको छ ।
हिलिहाङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनकातर्फ कांग्रेसका उम्मेदवार समरबहादुर अधिकारीले ३४० मतको अग्रता लिएका छन् ।
यस्तै एमालेका भुवानी प्रसाद लिङदेन ३१६ मत प्राप्त गरेका छन् ।
यस्तै उपाध्यक्षमा गठबन्धनका तर्फका एकीकृत समाजवादीका भवानीप्रसाद लिङदेनले ८५२ मत प्राप्त गरेका छन्। यस्तै एमालेकी सुमित्रा सेढाईले ५८७ मत प्राप्त गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4