
नेपाली कांग्रेसका मेयर उम्मेदवार जोगराज चौधरी र नेकपा एमालेकी उपमेयर उम्मेदवार सुशिला शर्मा ।
३१ वैशाख, दाङ । दाङको लमही नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार जोगराज चौधरीले अग्रता लिएका छन् । माओवादी केन्द्रका बसन्त राज शर्मा (विक्रान्त)ले १६८ र नेकपा एमालेका दण्डीराम चौधरीले १४६ मत पाएका छन् ।
मेयर पदमा कांग्रेसले अग्रता लिए पनि उपमेयर पदमा भने एमालेकी उम्मेदवार सुशिला शर्माले अग्रता लिएकी छन् । शर्माले १४८ मत पाएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।
उपमेयर पदका अन्य उम्मेदवारहरु माओवादी केन्द्रकी गंगा पाण्डेले १२३ र नेपाली कांग्रेसकी लक्ष्मी योगीले १२२ मत पाएकी छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा लमहीको मेयरमा नेकपा एमाले र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4