
३१ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु भएको छ ।
वीरगगञ्ज–१४ पिपरास्थित नृसिंह माविको भवनमा शनिबार दिउँसो पौने ३ बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।
सर्वदलीय बैठकले शनिबार बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको भएपनि राजनीतिक दलका प्रतिनिधि समयमै नआउँदा मतगणनामा ढिलाइ भएको थियो । शुक्रबार सम्पन्न निर्वाचनमा ७५.२४ प्रतिशत अर्थात ९३ हजार ७ सय ८२ मत खसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4