
३१ वैशाख, बझाङ । बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ । एमालेका उम्मेदवार टेक बोहरालाई १७९ मतले पराजित गर्दै कांग्रेसका मान बहादुर बोहरा विजयी भएका हुन् । मानबहादुरले ५२४ मत प्राप्त गर्दा टेकबहादुरले ३४५ मत प्राप्त गरेका छन् ।
माओवादीका उम्मेदवार देव बोहराले २५५ मत प्राप्त गरेका छन् । उक्त वडाबाट पालिका अध्यक्षमा एमालेका लोकेन्द्र बोहराले ७०१ मत, कांग्रेसका अमर महरले ३५५ मत र समाजवादीका जय बोहराले ४६ मत प्राप्त गरेका छन् ।
कूल एक हजार ६५५ मतदाता रहेको उक्त वडामा एक हजार २११ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4