
३१ वैशाख, बुटवल । रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा जसपा नेपालका उदयराज गडेरिया (बाबुराम पाल) एक मत अन्तरले विजयी भएका छन् ।
गडेरियाले ९९२ मत प्राप्त गरी वडा अध्यक्ष पदमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जंगबहादुर यादवले ९९१ पद पाएका छन् । एमालेका उम्मेदवार कृष्णबहादुर गौतम क्षेत्रीले २१२ मत प्राप्त गरेका छन् ।
जसपाले जिल्लामा पहिलो वडा जितेर खाता खोलेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4