
३० वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मतगणना स्थलभित्र सांसद प्रदिप यादव प्रवेश गरेको विरोधमा प्रदर्शन भएको छ ।
सांसद यादवलाई मतगणनास्थलबाट बाहिर निकाल्नुपर्ने माग राखेर मतगणना स्थल बाहिर प्रदर्शन भएको हो ।
मतगणना स्थल रहेको वीरगगञ्ज–१४ पिपरास्थित नृसिंह माविको भवन बाहिर अहिले पनि एमालेका कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् ।
राजनीतिक दलका जनप्रतिनिधि आउन ढिलाइ भएपछि शनिबार दिउँसो पौने ३ बजे मात्रै वीरगञ्जमा मतगणना सुरु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4