
३१ वैशाख, चितवन । भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीको प्रारम्भिक अग्रता कायमै छ । १५० मत गणना हुँदा सुवेदीले ६६ मत पाएका छन् ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालले ५१ मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ मत पाएका छन् । नेपाली कांग्रेसले रेणुलाई समर्थन गरेपछि पौडेलले बागी उम्मेदवारी दिएका छन् ।
उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारीले अग्रता लिएका छन् । अधिकारीले ५७ मत पाएका छन् भने राप्रपाका हिमला गुरुङले ४५ मत पाएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4