
३१ वैशाख, रोल्पा । ७२ वडा रहेको रोल्पामा हालसम्म ९ वटा वडाको अन्तिम मत परिणाम प्राप्त भएको छ । जसमध्ये नेकपा माओवादी केन्द्रका उम्मेदवारले ७ वटा वडामा जित आसिल गरेका छन् । यस्तै नेपाली कांग्रेस दुईवटा वडामा विजयी भएको छ ।
सुनिलस्मृति गाउँपालिका-१ मा माओवादी केन्द्रका गोबर्द्धन कुँवर ७७६ मत प्राप्त गर्दै विजयी भएका छन् । रोल्पा नगरपालिका-२ पनि माओवादी केन्द्रका खुमबहादुर थापाले ९८७ मत प्राप्त गर्दै विजयी भए ।
माओवादी केन्द्रले लुंग्री गाउँपालिका-७, थबाङ गाउँपालिका-५, परिवर्तन गाउँपालिका-१, त्रिवेणी गाउँपालिका-१ र माडी गाउँपालिका-१ को वडाध्यक्ष पनि जितेको छ ।
कांग्रेसले गंगादेव गाउँपालिका वडा नम्बर १ र ७ मा जित हासिल गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4