३१ वैशाख, काठमाडौं । एएफसी एसियन कप-२०२३ चीनमा आयोजना नहुने भएको छ । काेभिड-१९ को महामारीको कारण देखाएर चाइनिज फुटबल एसोसिएसनले आयोजकबाट नाम फिर्ता लिएको एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले शनिबार जनाएकाे छ ।
एएफसीले छिटै नयाँ आयोजक राष्ट्रको नाम घोषणा गरिने जनाएको छ । प्रतियोगिता २०२३ जुन १६ देखि जुलाई १६ सम्म हुने तालिका छ ।
एसियन कपमा २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । आगामी एसियन कपका लागि नेपालले पनि अन्तिम चरणकाे छनाेटमा प्रतिस्पर्धा गर्दैछ ।
प्रतिक्रिया 4