
३० वैशाख, राजविराज । सप्तरीको सप्तकोशी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद ढकालले अग्रता कायमै राखेका छन् ।
९०० मतगणना हुँदा ढकालले ४२० मत ल्याएर अग्रता कायमै राखेको हो । एमालेका उत्तमकुमार शर्माले २१९ मत ल्याएर ढकाललाई पच्छ्याइरहेका छन् ।
मेयरमा नेकपा माओवादी केन्द्रका रवीन्द्र चौधरीले ९५ र नेकपा एकीकृत समाजवादीका नारायणप्रसाद आचार्यले ७८ मत प्राप्त गरेका छन् ।
यसै गरी उपमेयरमा पनि कांग्रेसकै उम्मेदवार रिताकुमारी चौधरीले ३४९ मत ल्याएर अग्रता कायम राखेकी हुन् ।
उपमेयरमा नेकपा एमालेकी संगीताकुमारी चौधरीले २०९, नेकपा माओवादीकी राजकुमारी चौधरीले १४०, एकीकृत समाजवादीकी बबिता देवी सरदारले ५५ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4