
३१ वैशाख, वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार कामेश्वर प्रसाद यादव विजयी भएका छन् । ७२९ मत ल्याएर यादव वडा अध्यक्षमा विजयी भएका हुन् ।
यादवका निकटम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रामपुकार यादवले ६४२ मत ल्याएका छन् ।
४ वटै वडा सदस्यमा भने जनता समाजवादी पार्टीले बाजी मारेको छ । सदस्य खुल्ला तर्फ जसपाका विजय कुमार राउत कुर्मी (६५८) र शेषनाथ साह (६१६) विजयी भएका हुन् ।
जसपाकै तर्फबाट महिला वडा सदस्यमा चरावती देव (६९९) र दलित महिला वडा सदस्यमा सवितादेवी राम (६९५) विजयी भइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4