
३१ वैशाख रोल्पा । रोल्पाको एक स्थानीय तहको वडामा दुई उमेदवारको मत वरावर भएपछि गोलाप्रथाद्वारा अन्तिम परिणाम सार्वजनिक गरिएको छ ।
रोल्पा नगरपालिका वडा नं. २ मा नेपाली कांग्रेसका देउचन घर्तीमगर र नेकपा माओवादी केन्द्रका प्रकाश डाँगीबीच बराबर मत आएपछि गोला प्रथाद्वारा अन्तिम मत सार्वजनिक गरिएको हो ।
दुवै उमेदवारले ५४३ मत प्राप्त गरेपछि भएको गोला प्रथावाट नेकपा माओवादी केन्द्रका प्रकाश डाँगी विजयी भएका छन् ।
सो वडाका दलित महिला सदस्य, महिला सदस्य र खुला सदस्य भने नेपाली कांग्रेसले जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4