
३१ वैशाख, दाङ । दाङको घोराही उपमहानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रका हेमराज शर्मा (डायमण्ड)ले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार शर्मा नेकपा एमालेका उम्मेदवार नरुलाल चौधरीभन्दा एक सय मत अन्तरले अगाडि छन् ।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार शर्माले ५२१ र चौधरीले ४२० मत पाएका छन् ।
उपमेयर पदमा कांग्रेसका भूपबहादुर डाँगी नै अगाडि छन् । डाँगीले ५०५ मत पाउँदा नेकपा एमालेका उपमेयर उम्मेदवार हुमा कुमारी डीसीले ३३० मत पाएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
घोराहीमा सत्ता गठबन्धनका दल कांग्रेस र एमालेले तालमेल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4