
३१ वैशाख, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका-१ को अध्यक्षमा एमालेका धनमान थापा मगर निर्वाचित भएका छन् । ६ सय ५१ मत ल्याएर उनी वडा अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
निकटम प्रतिद्वन्द्वी भन्दा २१ मत मात्रै बढी ल्याएर उनी निर्वाचित भएका छन् । निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नवराज फुँयालले ६ सय ३० मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बनेका रामप्रकाश कुँवरले २० मत पाएका छन् ।
कुवँर वडा नं १ को निवर्तमान वडा अध्यक्ष हुन् । ०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका कुँवर ६ सय ८ मत ल्याएर निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4