
१ जेठ, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकामा नेकपा एमाले अघि देखिएको छ । सुरुआती अग्रता लिएको नेकपा माओवादी केन्द्रलाई अहिले एमालेले पछि पारेको छ ।
गाउँपालिका अध्यक्षमा नेकपा एमाले उम्मेदवार कर्णबहादुर बाँठामगरले १५६०मत प्राप्त गरेका छन् । उनलाई नेकपा माओवादी केन्द्रका रेमश पुनमगरले १२८७ मतका साथ पछ्याइरहेका छन् ।
उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका भागिसरा खड्काले अग्रता लिएकी छन् । खड्काको १३४० मत आउँदा नेपाली कांग्रेसका लेखमणी डाँगीले १२९० मत प्राप्त गरेका छन् ।
हालसम्म एमाले र माओवादीले १/१ वडा जितेका छन् । नेकपा एमालेले वडा नं. २ जितेको छ भने वडा नंं १ नेकपा माओवादी केन्द्रले जितेको छ ।
सो गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसले नेकपा एमालेलाई र उपाध्यक्षमा नेकपा एमालेले नेपाली कांग्रेसलाई सघाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4