
१ जेठ, सुनसरी । धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले अग्रता लिएका छन् । तीन हजार ९०० मत गणना हुँदा उनले एक हजार ३८९ मत प्राप्त गरेका हुन्।
उनलाई स्वतन्त्र उम्मदेवार हर्क साङ्पाङले पछ्याइरहेका छन् । उनले एक हजार २८ मत प्राप्त गरेका छन् । नेकपा एमालेकी उम्मेदवार एमालेकी मञ्जु भण्डारीले ७८९ पाएकी छिन् ।
धरानमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका छन् ।
उपप्रमुखतर्फ पनि नेकपा माओवादी केन्द्रका आइन्द्र बेघाले एक हजार ६०३ मत प्राप्त गरेका छन्। उनलाई एमालेका पदम लिम्बुले झिनो मतले पछ्याइरहेका छन् । उनले २२१ मत मात्रै प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4