
१ जेठ, बागलुङ । बागलुङको जैमिनी नगरपालिका–९ पैयुँथन्थापमा नेकपा एमालेका इन्द्र थापा विजयी भएका छन् ।
प्रतिस्पर्धी संयुक्त पाँच दलीय गठबन्धनका उम्मेदवार भगिन्द्र कुमार थापालाई ५ मत अन्तरले पराजित गर्दै थापा वडा अध्यक्षमा विजयी भएका हुन् ।
निर्वाचित इन्द्र थापाले ६ सय ३ मत प्राप्त गर्दा गठबन्धनका भगिन्द्र कुमारले ५ सय ९८ मत प्राप्त गरेका छन् ।
वडा अध्यक्षमा एमालेका थापा विजयी भए पनि सदस्यमा संयुक्त गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
महिला सदस्यमा गठबन्धनका शान्तकला शर्मा, दलित महिला सदस्यमा मिना परियार, खुल्ला सदस्यमा नवीन थापा र नरजंग राना विजयी भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4