
१ जेठ, चितवन । चितवनको माडी नगरपालिकामा एमालेले अग्रतालाई कायमै राखेको छ ।
माडीको नगर प्रमुखमा एमालेबाट उम्मेदवार बनेकी ताराकुमारी काजी महतोले ३३६९ मत ल्याएकी छिन् । मेयर पदका माओवादी उम्मेदवार ऋषि काफ्लेले २४३३ मत पाएका छन् ।
माडीमा एमालेले राप्रपासँग तालमेल गरेको छ भने माओवादी र कांग्रेसबीच तालमेल छ । उपमेयरमा कांग्रेसका खेम महतोले २०५१, राप्रपाका मदन पौडेलले १४३९ र स्वतन्त्र उम्मेदवार कृष्ण पौडेलले १५५८ मत ल्याएका छन् ।
नगरपालिका वडा नं १, ९ को गणना सकिएको छ । वडा नं १ को वडाध्यक्षमा राप्रपा उम्मेदवार र वडा नं ९ मा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4