
१ जेठ, नवलपुर । नवलपुरको बौदीकाली गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रकाश ओझा निर्वाचित भएका छन् ।
उनले निकटतम प्रतिस्पर्धी नेपाली काङग्रेसका केवी रानालाई ४३५ मतान्तरले पराजित गरेका हुन् । एमालेका ओझाले ३ हजार ९७६ मत पाउँदा काङग्रेसका रानाले तीन हजार ५४१ मत पाए ।
उपाध्यक्षमा नेकपा एमालेकै डिलकुमारी सारु निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी कांग्रेसकी धनकान्ति घिमिरेलाई ४५६ मतान्तरले पराजित गरिन् । सारुले ३ हजार ९६२ र घिमिरेले ३ हजार ५०६ मत पाइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4