
१ जेठ, बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नंं. २ को वडाध्यक्षमा नेपाली कांग्रेसका कमल खड्का क्षेत्री १२ मत अन्तरले निर्वाचित भएका छन् । ३ हजार ६२० मत खसेको यो वडामा खड्का १ हजार ३१८ मत पाएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार किरण नेपालले १ हजार ३०६ मत पाएका गाउँपालिकाका निर्वाचन अधिकृत शोभाखर खरेलले जानकारी दिए । किरण एमाले नेता घनश्याम भुसालका पूर्वस्वकीय सचिव हुन् ।
राप्रपाका हरिहर प्रसाद चौधरी थारुले ७८५ मत पाएका छन् । यसअघि वडा नं. १ मा जनता समाजवादीका उम्मेदवार एक मतको अग्रताले विजयी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4