
१ जेठ, भक्तपुर । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अग्रता थप फराकिलो बनेको छ ।
नेमकिपाका सुनिल प्रजापतिले ९ हजार ४०८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले १७ सय ३ मत ल्याएका छन् ।
नेकपा एमालेका रवीन्द्र लाछिमस्युले ११ सय मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका तुल्सी भक्त सुवालले ३१६ मत ल्याएका छन् ।
नेमकिपाको गढ मानिने भक्तपुरमा ०७४ मा पनि प्रजापतिले नै फराकिलो मतान्तरले जितेका थिए । त्यसबेला प्रजापतिले २५ हजार ७३० मत ल्याउँदा निकतम प्रतिद्वन्द्वी कांग्रेसका रामप्रसाद कासुलाले ६ हजार ५६० मत मात्रै ल्याएका थिए ।
०५६ मा भक्तपुर–२ बाट सांसद निर्वाचित प्रजापति ०६३ सालमा अन्तरिम संविधानका मस्यौदाकार थिए । नेमकिपाको गढमा हेबीवेट प्रजापतिलाई मेयरका उम्मेदवार बनेका छन् ।
उपमेयरमा पनि नेमकिपाकै अग्रता छ । नेमकिपाकी रजनी जोशीले ९ हजार ५६८ मत सहित अग्रता बनाइरहँदा एमालेकी रञ्जना खर्बुजाले १२ सय ५ मत ल्याएकी छिन् ।
प्रतिक्रिया 4