+
+

थलाराको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस उम्मेदवार निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते ११:५६

१ जेठ,  बझाङ । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार प्रकाश रोकाया निर्वाचित भएका छन् ।

एमालेका उम्मेदवार प्रकाश रोकाया दुई हजार ७७४ मत ल्याएर निर्वाचित भए भने दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार कुलराज जोशीले दुई हजार ११२ मत र तेस्रो स्थानमा रहेका एकीकृत समाजवादीका विनोद थापाले एक हजार २०३ मत प्राप्त गरे । यहाँ एकीकृत समाजवादीलाई नेपाली कांग्रेसलगायतका दलको समर्थन थियो ।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर खातीले तीन हजार १५० मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका मीरादेवी रावलले दुई हजर ५८७ मत मात्रै प्राप्त गरिन् । यस्तै वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका रवीन्द्र जोशी ३६० मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण जोशी २८० मत पाए ।

वडा नम्बर २ मा नेकपा एमालेका उम्मेदवार रवीन्द्र खातीले २७७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्र खातीले २११ मत प्राप्त गरी पराजित भए ।

वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रकाश भण्डारी ४८५ मत प्राप्त गरी निर्वाचित भए भने उनका प्रतिस्पर्धी नेकपा एमालेका मोहन भण्डारीले २८० मत प्राप्त गरे ।

वडा नम्बर ४ मा नेपाली कांग्रेसका रामचन्द्र जोशीले ३५७ मत प्राप्त गरी निर्वाचित भए भने उनका प्रतिस्पर्धी नेकपा एमालेका मेनुका धामी साउँदले ३५२ मत प्राप्त गरी पराजित भइन् ।

वडा नम्बर ५ मा नेपाली कांग्रेसका नरबहादुर खाती ३९० मत प्राप्त गरी निर्वाचित भए भने उनका प्रतिस्पर्धी नेकपा एमालेका गणेश विष्टले ३१३ मत प्राप्त गरी पराजित भएका छन् ।

वडा नम्बर ६ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार अनिलकुमार विष्टले ३७९ मत प्राप्त गरी निर्वाचित भए भने उनका प्रतिस्पर्धी नेकपा एमालेका चेतराज पाण्डले २८४ मत प्राप्त गरी पराजित भएका छन् ।

वडा नम्बर ७ मा नेकपा एमालेका उम्मेदवार कृष्ण सार्की ३४४ मतसहित निर्वाचित भएका छन् भने नेपाली कांग्रेसका शेरबहादुर रोकाया २९२ मत प्राप्त गरी पराजित भए भएका छन् ।

वडा नम्बर ८ मा नेकपा एमालेका कविराज जोशी ४६० मतसहित निर्वाचित भएका छन् भने नेपाली कांग्रेसका मोतीलाल पाध्या २३३ मत ल्याएर पराजित भएका छन् ।

वडा नम्बर ९ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार लोकेन्द्र बिष्ट ४८७ मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिरा भण्डारीले ४३८ मत प्राप्त गरी पराजित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?