
१ जेठ, नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ को वडाअध्यक्षमा नेकपा एमालेका यमबहादुर खड्का निर्वाचित भएका छन ।
उनीसहित एमालेको पुरै प्यानल निर्वाचित भएको हो ।
खड्काले ८ सय ७७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका तेज बहादुर सुवेदीले ६ सय ४१ मत प्राप्त गरेका छन् ।
यसैगरी खुल्ला सदस्यमा एमालेकै चुर्णबहादुर भण्डारी र भरत बुढाथोकी, महिला सदस्यमा एमालेकै यमकुमारी ओली र दलित महिला सदस्यमा निर्मला विक निर्वाचित भएका छन् ।
यमकुमारी २०७४ को स्थानीय तह निर्वाचनमा पनि एमालेबाटै महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।
अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले वडाअध्यक्ष सहित ३ वडासदस्य जितेको थियो । राप्ती सोनारी १ नेपाली कांग्रेसका क्षेत्रीय सभापति पोषण केसी र निवर्तमान सभापति माधवराम खत्रीको वडा हो ।
प्रतिक्रिया 4