
फाइल तस्वीर
१ जेठ, भक्तपुर । चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका जीवन खत्रीले एक हजार १३७ मतसहित अग्रता लिएका छन् । उनको प्रतिस्पर्धी नेकपा (एमाले) को बीणा बाँस्तोलाले हालसम्म एक हजार ५७ मत प्राप्त गरेका छन् ।
यस्तै उपप्रमुखतर्फ एमालेको रमेश बुढाथोकीले एक हजार १८२ मत र कांग्रेसकी सुभद्रा काफ्लेले एक हजार १०५ मत प्राप्त गरेका छन् ।
उक्त नगरको वडा नं १ मा कांग्रेसका सिजन कार्कीले १२ मतको अन्तरले एमालेका उम्मेदवारलाई हराउँदै कांग्रेसको प्यानल विजयी भएको छ । कार्कीले एक हजार २२५ मत प्राप्त गरेका थिए उनका प्रतिद्वन्द्वी एमालेको ईश्वर थापाले एक हजार २१३ मत प्राप्त गरेका थिए ।
कांग्रेसबाट निर्वाचित हुने वडा सदस्यमा गोविन्द श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, महिलामा मुना गुरुङ र दलित पूर्जा बर्देवा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4