
१ जेठ, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका रुद्र राई विजयी भएका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा चुनिएका राई ४८८ मत ल्याएर पुन: दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले माओवादी केन्द्रका लालबहादुर राईलाई पछि पार्दै वडाध्यक्षमा बाजी मारेका हुन् । माओवादी केन्द्रका लालबहादुरले ४०६ मत पाएका छन् ।
वडा नम्बर १ मा रुद्रको प्यानल नै विजयी भएको छ । उनको प्यानलबाट डाकबहादुर कार्की, वीरधन राई, जोगमाया राई र सौमाया विक विजयी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4