
१ जेठ, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट बेग प्रसाद गर्वुजा मगर र उपाध्यक्षमा लक्ष्मी पुन विजयी भएका छन् ।
अध्यक्षमा निर्वाचित गर्वुजामगरले ३ हजार ९१ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका श्रीप्रसाद रोकाले २ हजार ९७० मत र नेकपा माओवादी केन्द्रका रेशम जुग्जालीले २ हजार २२५ मत प्राप्त गरी पराजित भएका छन् ।
त्यस्तै उपाध्यक्षमा लक्ष्मी पुनले ३ हजार १६७ मत प्राप्त गरी विजयी भएकी छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका पिपला बुढाले ३ हजार १३९ मत पाएका छन् ।
एमालेका गर्वुजाले वडा नम्वर ७ विममा मात्रै ४४७ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी कांग्रेसका रोकाले त्यहाँ ९७ मत मात्रै पाए । वडा नम्वर ७ विममा एमालेको प्यानल नै विजयी भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4