
१ जेठ, दार्चुला । दार्चुलाको नौगाढ गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का दलजित धामी निर्वाचित भएका छन् ।
निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार प्रेमसिंह धामीलाई ५०६ मत अन्तरले हराउँदै दलजित अध्यक्षमा निर्वाचित भएका हुन् ।
दलजितले ३ हजार ७८३ मत पाउँदा प्रेमसिंहले ३ हजार २ सय ७७ मत पाएका छन् ।
उपाध्यक्ष पदमा नेपाली कांग्रेसका जगतसिंह ठगुन्ना ३ हजार ९५६ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी गौरीदेवी ठगुन्नाले २ हजार ९५२ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4