
१ वैशाख, चितवन । चितवनको राप्ती नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिएका छन् । नेकपा एमालेका उम्मेदवार गोविन्दप्रसाद कँडेललाई पछि पार्दै एकीकृत समाजवादीका शमशेर लामा अग्रस्थानमा आएका हुन् ।
शमशेरले २५८४ मत ल्याएका छन् भने गोविन्दले २३३० मत पाएका छन् ।
वडा नं. ६ को गणना सकिदा एमालेले अग्रता लिएको भए पनि वडा नं. ४ को गणना गर्दा एकीकृत समाजवादीका उम्मेदवार अघि लागेका हुन् ।
वडा नं. ४ लामाको घर भएको वडा हो । उपमेयरमा भने एमालेले नै अग्रता कायम गरेको छ । एमालेकी मेनका पाठकले २६६९ मतका साथ अग्रता कायम गर्दा कांग्रेस उम्मेदवार देवेन्द्र लामाले २३५६ मत ल्याएका छन् । अहिले राप्ती वडा नं. १२ को मतगणना जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4